المدة الزمنية 5:15

अरिङ्गलेका गाउँवासीहरुले नयाँ सोंच, नयाँ विचारले आफुहरुलाई राजनैतिक दुर्व्यवहारको शिकार बनाएको आरोप

بواسطة Darjeeling Express
126 مشاهدة
0
5
تم نشره في 2021/09/13

***अरिङ्गलेका गाउँवासीहरुले नयाँ सोंच, नयाँ विचार भन्ने राजनैतिक दलले आफुहरुलाई राजनैतिक दुर्व्यवहारको शिकार बनाएको पोखे गुनासो खरसाङ, १३ सेप्टेम्बर: आज गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले दिलाराम अरिङ्गालले शान्ति अमरनाथ गुफामा पुगी पूजा अर्चना गरे। प्राकृतिक रूपमा उत्पत्ति भएको यो मन्दिरमा पवित्रता र सत्यता रहेको स्थानिय वासिन्दाहरूको विश्वास रहेको छ। मन्दिरमा दर्शन गरेर केही क्षण अरिङ्गलेको स्थानिय वासिन्दाहरू सँग बसेर भला कुसारी गरे। भला कुसारी गर्ने क्रममा २०१७ यता राजनीति गर्ने दलले त्यस क्षेत्रको क्षेत्रवासीहरुलाई जुन प्रकारको राजनीतिक प्रताडनाहरु दिएका थिए त्यस बिषयमा बातचीत गर्दै धेरै दुखेसोहरु पोखे। बिमल गुरुङ समर्थक भनेर घर पाउनु पर्नेहरुलाई पनि घर नदिएको, झोडा अनि पहिरो रोक्न अर्डर पास भएको काम पनि हुन नदिएको अनि यहाँसम्म कि मन्दिर जस्तो पवित्र ठाउँको काम सम्म नगरी दिएको उनीहरूले गुनासो पोखे।

الفئة

عرض المزيد

تعليقات - 0